headlinesसमाचार

सराङकोट सहकारी द्धारा होलबोडि चेकअप सहित रत्तदान हुने

सराङकोट बहुद्देश्यीय सहकारी संस्थाको १६ औ बार्षिक उत्सवको अवसरमा मंसिर २४ गते शनिबार होलबोडी चेकअप को रत्तपरिक्षण तथा रत्तदान हुने भएको छ ।

संस्थाको प्रांगणमा हुने कार्यक्रम लान्यस क्लव अफ पोखरा दर्पण तथा स्टार डायग्नोष्टिक सेन्टरको सहकार्यमा रगत बाट पत्ता लगाउने सम्पुण रोगहरुको परिक्षण र डाक्टरको परार्मशमा ५० प्रतिशत छुट सहित पश्मिाञ्चल सामुदायिक अस्पतालको सहकार्यमा थप परिक्षण सदस्यहरुका लागि संस्था द्धारा ५० हजार बराबरको औषधी सेवा समेत रहेको कोषाअध्यक्ष राममणि पौडेलले बताए ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत हरेक बर्ष सामाजिक सेवा मुलक कार्यक्रमहरु गदै आएको छ । यस बर्ष पनि स्वास्थ्य सेवा सामुदायिक बिधालयका बिधार्थीहरु लाई न्यानो कपडा ,बृद्धा अश्राममा सहयोग कार्यक्रम रहेको ब्यवस्थापक सुरेन्द्र थापाले बताए ।
२०६३ देखि सामुदायिक रेडियो सराङकोट प्रसारण , बचत तथा कर्जा लगानी समेत ६० करोड को कुल कारोबार रहेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button