headlinesसमाचार

संगम विकास समाजमा लामिछाने

पोखरामा कृयाशिल सामाजिक संस्था संगम मार्ग टोल विकास संस्थाको दोस्रो अधिवेशसनले ढाकाराम लामिछानेको अध्यक्षमा १३ सदस्य कार्यसमितिको चयन गरेको छ ।

सो समितिको उपाध्यक्षमा लक्ष्मी बास्तोला, सचिवमा लक्ष्मी कुँवर, कोषाअध्यक्ष यादव श्रेष्ठ, सह , सचिव लक्ष्मी कुँवर, संस्थागत सदस्यतर्फ सराङकोट बहुउद्धेश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादर थापा रहेका छन् । कार्यसमिति सदस्यहरुमा सोवित पौडेल, जया बराल नवराज श्रेष्ठ, सपना कुँवर, कृष्ण कुँवर, कृष्णमाया भुजेल रहेका छन् ।

अधिवेशनको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वार्ड नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले स्थानिय विकास निर्माणमा संस्थाको भुमिका महत्वपुर्ण रहेको बताए । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुखका सचिवालय सदस्य लोकदर्शन कोइरालाले संस्थाले खाली रहेको जग्गाहरुमा पार्किगं वा तरकारी जन्य उत्पादनमा लाग्नुपर्ने बताए ।

संस्थाको पुर्व अध्यक्ष एवं निर्वाचन संयोजक रामराज लामिछाने, सदस्य चिन्तामणि बास्तोला , राम बहादुर बुढा ले नवनियुक्त कार्यसमितिलाई पदस्थापन गराएका थिए । संस्थाका अध्यक्ष ढाकाराम लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा सराङकोट बहुउद्धेश्यीय सहकारीका अध्यक्ष. कृष्ण बहादुर थापा, संगममार्ग महिला समुहका अधक्ष्यक्ष ईन्दिरा लामिछाने, उपाध्यक्ष लक्ष्मी बास्तोला सह. सचिव लक्ष्मी कुँवर, कोषध्यक्ष निमा गुरुगं लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका जेष्ठ सदस्य, सफाई अभियानकर्ता. भगवती अधिकारी, टेक बहादुर थापा, संस्थागततर्फ चिन्तामणि बास्तोला र यादव श्रेष्ठलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button