खेलकुदसमाचार

पुलिस क्लबले मधेसलाई जीतका लागि दुई सय ७४ रनको लक्ष्य दियो

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई जीतका लागि दुई सय ७४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर एक बलमा अलआउट हुँदै दुई सय ७३ रन बनायो । पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए ।

आरिफले ७३ रन बनाए भने अमित श्रेष्ठले ६५ रनको योगदान दिए । यस्तै दीपेन्द्रले ५१ जोडए । दिलीप नाथले ४० रन जोड्दा सुनिल धमला ११ रनमा आउट भए ।
मधेसका रुपेश सिंह र राजेश यादवले समान तीन÷तीन विकेट लिए भने आदिल आलमले दुई विकेट लिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button