
पोखरा २०, कार्तिक । पोखरा महानगरपालिका वडा नं. १४ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपाल इकाईको शनिवार भएको अधिवेशनले इन्द्रामाया बानियाँको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा नारायणप्रसाद भण्डारी, सचिवमा रामजी जि.सी. कोषाध्यक्षमा कुश कार्की र सदस्यहरुमा जगत बहादुर कार्की, लक्ष्मी के.सी., इन्द्रादेवी रेग्मी, विष्णुमाया भण्डारी, दिलमाया जि.सी., सरास्वती पोखरेल र दुर्गा देवी पोखरेल रहेका छन् ।
निर्वाचन समितिको संयोजकमा ललितबहादुर बानियाँ र सदस्यहरुमा डिल्लीराम लामिछाने, चिरञ्जीवी बराल रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि परोपकार महासंघ नेपालका अध्यक्ष कमलनयन गौतम, विशेष अतिथि वडा नं १४ का वडाध्यक्ष बोधबहादुर कार्की लगायतले बोलेका थिए । साथै कार्यक्रममा संस्थाका अध्यक्षकोष दाता समाजसेवी गोविन्द्र पोखरेललाई प्रमुख अतिथि र विशेष अतिथिबाट सम्मान समेत गरिएको थियो ।
संस्थाका अध्यक्ष बालाराम बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नारायणप्रसाद भण्डारीले गरेका थिए ।