समाचार

एभरेष्ट एफएमद्वारा आकस्मिक रक्तदान आयोजना, १५१ यूनिट रगत संकलन

कार्तिक १६ पोखरा । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ ।

विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्तरुपमा आयोजना भएको कार्यक्रममा ३३ महिला सहित १५१ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञावलीले पहिलो रक्तदाता पाँच दलिय गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट कास्की ३ (२)का प्रदेशसभाका प्रत्यासी उम्मेदवार प्रकाश बराललाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ४ नम्वर मुक्तिनाथ बाहिनी, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकी, भि.ए.डब्ल्यू , सञ्चारिका समुह, पि.राज ट्रेडर्स, वल्र्ड भिजन, नेपाल यातायत स्वतन्त्र मजुदर संगठन, जिफण्ट, होटल दिदी लगायतले संस्थागत सहभागिता जनाएको मिडिया हाउसका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमलाई सफल बनाउन आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटल प्रा.लि. पोखरा–११ , समाजसेवी विजय गुरुङ पृथ्वीचोक, बाम्बो क्याटरिङ सर्भिसले सहयोग पु¥यएको एफएमका मार्केटिङ डाइरेक्टर भोला कुमार श्रेष्ठले जानकारी दिए ।

एफ एम का अध्यक्ष कर्मकुमारी गुरुङले रक्तदाता र सहयोगी सबैलाई धन्यबाद ज्ञापन गर्दै आगामि दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा राखेको वताईन ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button