headlinesसमाचार

सृजना महिला सहकारीको २० औ साधारण सभा

महिलाहरु द्धारा पूण रुपमा संचालित सृजना महिला बचत तथा ऋण सहकारी संस्थाको २० औ साधारण सभा सम्पन्न भएको छ । २०५९ मा सृजना विकास केन्द्रको अग्रसरमा स्थापित सहकारी ले ११ सय भन्दा बढी सदस्यहरु मार्फत १७ करोड को कारोकार गदै आएको छ ।

बचत तथा ऋण संगै विविध समाजिक कार्यहरु गरीदै आएको अध्यक्ष शुष्मा पहारी बरालले बताईन । सो सभाको शुभारम्भ गदै केन्द्रीय बचत संघ का महासचिव दामोदर अधिकारीले , सहकारीको विकासमा शेयर सदस्यहरु नै प्रमुख रुपमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा सृजना विकास केन्द्र का अध्यक्ष कृष्ण बहादुर थापाले महिला उद्दमाशिलता का लागि सहकारी मार्फत महिलाहरुलाई नेतृत्व बिकास गराउनु पर्ने बताए ।

संस्थाका अध्यक्ष शुष्मा पहारीको सभापतित्वमा भएको कार्यक्रममम जिल्ला सहकारी संघ का उपाध्यक्ष छविलाल लामिछाने , जिल्ला बचत संघका अध्यक्ष भेषराज बराल , जाल्पादेबी बहुउद्देश्ययीय बिकास समितिका अध्यक्ष विश्व कुमार बिजुक्छे , जाल्पादेबी महिला समुहका संस्थापक अध्यक्ष शारदा सुबेदी ,संस्थाका संस्थापक अध्यक्ष सृजना बराल , पूर्व अध्यक्षहरु , शान्ती शर्मा , कमला गीरी ,पवित्रा कें .सी ले सहकारी मार्फत सदस्य सेवा कार्यक्रम गर्नु पर्ने बताए ।

संस्थाका अध्यक्ष शुष्मा पहारीको सभापतित्वमा भएको कार्यक्रममा उकृष्ट कारोबार , बाल बचत का उकृष्ट बालबालिका हरुलाइ सम्मान उपाध्यक्ष शारदा गीरी सचिव तारा के .सी कोषाध्यक्ष सुनिता गीरी शिक्षा समिति संयोजक नेत्रमाया गीरी द्धारा प्रस्तुत संस्थागत प्रतिबेदन पारित गरेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button