headlinesसमाचार

नेवारहरु द्धारा संस्कृति संरक्षणमा जोड

नेवार समुदायको छाता संङठन नेवा देय दवु कास्कीले नेवार समुदायको संस्कृति ,परम्परा संरक्षण सहित पूर्ण एकातामा जोड दिएको छ ।

समिति ले शनिवार पोखरामा गरिएको नेपाल संम्वत ११४३ को उपलक्षमा आयोजित शुभ कामना आदन प्रदान कार्यक्रममा वत्ताहरु राष्टीय बिभुती शंकर ध्वज साखाको शालिक निमार्णमा नेवार समुदाय एक हुनु प्रर्ने अध्यक्ष कृष्ण मान ढुसाजुले बताए ।

सो कार्यक्रमको सुभारम्भ गदै पोखरा महानगर पालिका वार्ड नं ९ का अध्यक्ष दिप्रेन्द्र मर्सानीले कला सस्कृतिको महत्वले पोखराको पर्यटन विकासमा योगदान दिन सकिने बताए ।

कार्यक्रममा पोखरा महानगर पालिका वार्ड नं २ का अध्यक्ष दिवसमान प्रधानङ ,वार्ड नं ११ का अध्यक्ष प्रेम कृष्ण कमार्चाय , सृजना विकास केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापा, सञ्चालिका समुहका अध्यक्ष कविता श्रेष्ठ , जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष विश्व कुमार विजुक्छे , दवु का प्रदेश अध्यक्ष हरिकुमार श्रेष्ठ ,सल्लाहकर गोविन्द ध्वज श्रेष्ठ , आदीवासी जनजाति महासंघका सचिव सुनिल लामा , नेवा खल का उपाध्यक्ष प्रेम कुमार लिगल , जेष्ठ सल्लाहकार भत्तराज श्रेष्ठ लगायतले समुदायको विकासमा लाग्नु पर्ने बताए ।

समितिका अध्यक्ष कृष्ण मान ठुसाजुको सभापतित्वमा भएको कार्यक्रममा वष्रिठ उपाध्यक्ष लिल बहादुर श्रेष्ठ ,महिला सचिव रिता नापितले संस्थागत भनाई राखेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button