समाचार

स्टार डाइग्योष्टिक सेन्टर दोस्रो बर्षमा

पोखरामा स्थापित स्वास्थ्य प्राविधिकहरु द्धारा स्थापित स्टार डाइग्योष्टिक सेन्टरको दोस्रो साधारण सभा सपन्न भएको छ ।

समुदायमुखी कार्यक्रमलाई महत्व दिदै स्वास्थ्य सचेतना,गुणस्तरीय ल्याव सेवा दिने उद्देश्यले सेन्टरको स्थापना गरीएको अध्यक्ष अर्जुन ज्ञवालीले बताए ।
सो कार्यक्रमको शुभारम्भ गदै प्रा.डा.विष्णु राज तिवारीले स्वास्थ्य सेवा सगै समाजिक उत्तर दायित्वका कार्यक्रम हरुले सकारत्मक सन्देश दिएको बताए ।

कार्यक्रममा सराङकोट बहुउद्देश्यीय सहकारी का अध्यक्ष कृष्ण बहादुर थापाले ल्याप रिपोटलाई सबैले मान्न सक्ने भरपर्दो बनाउन सेन्टर सक्षम रुपमा आउनुपर्ने बताए । अर्जुन ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा भेटनरी विशेषज्ञ डा. खगेन्द्र सापकोटा , आकस्मीक रत्तदान समुहका संयोजक हरिश्चन्द्र शर्मा , संचालक प्रवन्धक सुनिता लम्साल , प्राबिधिक यशोदरा दुरा , महेन्द्र के.सी ,नेत्र ढकाल लगायतले आ आफ्नो धराणा राखेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button