headlines

सृजना बिकास केन्द्रको अध्यक्षमा थापा

पोखरामा स्थापित सामाजिक संस्थाको रुपमा रहेको सृजना बिकास केन्द्रको ४५ औ साधारण सभाले अध्यक्षमा कृष्ण बहादुर थापा लाई निर्वाचित गरेको छ । निकटतम् चन्द्र गीरीलाई पछि पार्दै थापा निर्वाचित भएका छन् । केन्द्रका अनुभवि विभिन्न संघ संस्थाका नेतृत्व गर्दै आएका थापा यस अघि उपाध्यक्षमा रहेका थिए ।

केन्द्रले स्थापना देखि जनप्रिय बहुमुखि क्याम्पस,सृजना बहिरा विधालय ,सृजना लघुबित्त , सृजना बालगृह , खानेपानी परियोजना को स्थापना गरेको छ ।
२ बर्ष कार्यकाल रहने समितिको निर्वतमान अध्यक्षमा ईन्द्र प्रसाद पौडेल , प्रथम उपाध्यक्षमा कृष्णमान ठुसाजु दिर्तिय उपाध्यक्षमा विक्रम नायरण बिजुक्छे ,महासचिव विश्व श्रेष्ठ ,सचिव भिम पौडेल ,कोषाध्यक्ष कृष्ण प्रसाद बराल , सदस्यहरुमा साबित्री बराल ,बिक्रम खिचाजु , मुक्ति सुवेदी र दान बहादुर गुरुङ निर्वाचित भएका छन ।

निर्वाचित समितिको घोषणा निर्वाचन संयोजक विर बहादुर अधिकारीले गरेका थिए ।

निर्वाचित पदाधिकारीहरुको पदस्थापन केही दिनमा गरीने निर्वतमान अध्यक्ष इन्द्र प्रसाद पौडेलले बताए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button