headlines

सहकारीकर्मी थापा द्धारा ७१ औ पटक रत्तदान

विरौटा बचत तथा ऋण सहकारी संस्था को १३ औ बार्षिक उत्सवको अवसरमा रत्तदान गरीएको छ ।

स्वास्थ्य का लागी रत्तदान भन्ने उद्देश्य सहित गरीएको कार्यक्रमको शुभाराम्भ रेडक्रस सोसाइटी पोखरा १७ का अध्यक्ष झपिन्द्र राज रेग्मीले पहिलो रत्तदाता खिम राज आचार्यलाइ ब्लड ब्याग हस्तन्तरण गरी शुभाराम्भ गरीएको थियो ।

कार्यक्रममा सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले ७१ औ पटक रत्तदान गरेका थिए ।

संस्थाका अध्यक्ष टिका प्रसाद पौडेल को सभापतित्वमा भएको कार्यक्रममा रत्त संचार केन्द का प्रमुख अर्जुन ज्ञवाली ,जेष्ठ नागरीक मञ्जका अध्यक्ष टोप राज ढुङ्गना , उपाध्यक्ष धुब अधिकारी ,सचिव ओम प्रकाश प्रसाद बराल ,संयोजक विकास गुरुङ ,पूव अध्यक्ष राजेन्द्र गुरुङ, रेडक्रसका सदस्य दिपेन्द बराल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रम मा रत्तदानको महत्व स्वास्थ्य सम्बन्धी सचेतना प्राविधिक समिक्षा अधिकारीले राखेकी थिइन ।
१३ बर्ष अगाडी स्थापित सहकारीको शेयर पुजी ५ करोड रहेको छ भने लगानी १४ करोड सहित कुल कारोबार २३ करोड रहेको अध्यक्ष पौडेलले बताए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button