समाचार

पोखरा ३० मा जेष्ठ नागरीक दीवा सेवा

पोखरा ३० गगनगौडामा जेष्ठ नागरीक दिवा सेवा केन्द्र शुरु गरीएको छ ।

श्री राम मन्दिर समिति द्धारा संचालन गर्ने गरी शुरु गरीएको केन्द्रमा जेष्ठ नागरीकको सम्मान अनुभव आदानप्रदान गराउने उदेश्य रहेको अध्यक्ष अर्जुन बहादुर बस्नेतले बताए ।

सो केन्द्रको शुभारम्भ गदै राष्टिय परोपकार महासंग केन्द्रीय अध्यक्ष भागवत भाष्कर कमल नयन गौतमले जेष्ठ नागरीकको सम्मान गर्ने हो भने बृदा आश्राम हटाई दिवा सेवा केन्द्र मार्फत सबै नागरीक परिवारमा बस्न सक्ने वातावरण बनाउनु पर्ने बताए ।

कार्यक्रममा पोखरा महानगर जेष्ठ नागरीक समितिका संयोजक भुपेद्र गीरी ले महानगर मातहातमा रहेर केन्द्रहरुलाई ब्यवस्थीत गर्न महानगरले तयारी गरेको बताए ।

कार्यक्रममा रुपा गाउपालिका उपाध्यक्ष मनसुबा गुरुङले राज्यले हरेक क्षेत्रमा जेष्ठ नागरीकलाई सम्मान गदै आएको बताइन ।

केन्द्रका अध्यक्ष अर्जुन बहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा वार्ड नं ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी , तत्कालिन लेखनाथ नगरपालिका प्रमुख बिष्णु प्रसाद पौडेल , पूव वार्ड अध्यक्ष डिल्लीराम पौडेल , सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर थापा ,जेष्ठ सदस्य तुल्सी प्रसाद लिगल , जेष्ठ नागरीक सेवा शिशुवाका अध्यक्ष वोधराज काफ्ले , उपाध्यक्ष रामकृष्ण अधिकारी ,सचिव विश्वमोहन पौडेल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

असोज १ गतेबाट रेडियो सराङकोट बाट जेष्ठ नागरीकको सम्मान का लागी दिउसो १२ देखि १ बजे सम्म जेष्ठ नागरीक संंकृृतन कार्यक्रमकोे शुुभारम्म गरीएको थियो । कार्यक्रममा विभिन्न समुहबाट भजन सहित धार्मिक प्रस्तुतीहरु राखिएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button