समाचार

आज खैरेनीटारदेखि दमौलीसम्म ७ घन्टा विद्युत प्रसारण बन्द हुने

लेखनाथ वितरण केन्द्र अन्तर्गत खैरेनीटार देखि दमौलीसम्मको विद्युत प्रसारण आज बिहीबार ७ घन्टासम्म बन्द हुने भएको छ ।

लेखनाथ वितरण शाखाले जारी गरेको सुचना अनुसार ३३००० भोल्टको लाइन नजिक रहेका रुखका हाँगा र बाँसहरु कटान गर्ने कार्यका लागि उक्त समयसम्म प्रसारण लाइन बन्द गर्नु पर्ने भएको हो ।

लाइन बन्द हुँदा खैरेनीटार सबस्टेशन बाट प्रसारित शुक्लागण्डकी, भिमाद , ऋषिङ्ग, म्याग्दे, घिरिङ्ग, बौदिकाली, बुलिङ्ग्टार तर्फको विद्युत प्रसारण अवरुद्ध हुने लेखनाथ बितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणले विद्युत अवरुद्ध हुँदा ग्राहकप्रति हुने असुविधाका लागि क्षमा माग्दै कटान कार्य छिटै सम्पन्न भए विद्युत प्रसारण सुचारु हुने पनि जानकारी दिएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button