समाचार

कर्तव्य ज्यान मुद्दाका फरार आराेपी १६ वर्षपछि पक्राउ

नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले २०६३ साल साउन २ गते काठमाण्डौ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा संलग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतवार डिल्लीबजार कारागार चलान गरेको हो ।

साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा २०६३ साल साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा ज्यान गएकाे थियाे ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशअनुसार कारागार चलान गरेको जानकारी दिनुभयो ।

प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई २०७९ साल साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाण्डौ ल्याइएको हो । जिल्ला अदालतको आदेशअनुसार मगरलाई आइतवार डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button