समाचार

पश्चिमाञ्चल स्वास्थ्य सहकारी २० औ बर्षमा

पश्चिमाञ्चल स्वास्थ्य सहकारी २० औ बर्षमा

पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाको २० औ साधारण सभा सम्पन्न भएको छ ।

कास्कीको पहिलो स्वास्थ्य सहकारी मार्फत पोखरा पश्चिमाञ्चल सामुदायिक अस्पतालको संचालन संगै बचत तथा ऋण कारोबार गदै आएको उपाध्यक्ष अर्जुन ज्ञवाली ले बताए ।
सो साधारण सभाको शुभारम्भ गदै गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका उप सचिव उदय बहादुर पराजुलीले सहकारीको सम्पुर्ण जिम्मेवारी शेयर सदस्यहरु मात्र रहेकोले कस्तो सहकारी बनाउने सदस्य स्वयम मा भर पर्ने बताए ।

नेपालमा सहकारीको भुमिका महत्व कम रहेता पनि विश्वका धेरै सम्पन्न देशहरुमा सहकारीको भुमिकाका कारण आर्थिक सम्पन्न देश भएको बताए ।
कार्यक्रममा सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण वहादुर थापाले स्वास्थय सहकारी भएका कारण सम्पुर्ण सहकारीहरुलाई समेट्ने गरी सेवा मुलक कार्य गर्न सक्नुपर्ने बताए ।
राष्टिय सहकारी बैक पोखराका प्रवन्धक नरेश पाण्डे ले परिस्थिती हेरी सहकारीले आफ्नो काम कारोबार गनुपर्ने बताए ।

सहकारीका अध्यक्ष हरि प्रसाद पाण्डे को सभापतित्वमा भएको कार्यक्रममा लेखापरिक्षक विष्णु प्रसाद बराल रेसुङ्ग बचत तथा ऋण सहकारीका अध्यक्ष भानु ढकाल , उपाध्यक्ष अर्जुन ज्ञवाली , सचिव मिलन श्रेष्ठ कोषाध्यक्ष कृष्ण बस्याल ,प्रवन्धक उषा गैरे लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा संस्थागत , लेखा तथा भावी कार्यक्रम प्रतिवेदन पारित उत्कृष्ठ कारोबारी तर्फ बाबुराम पौडेल लाई सम्मान गरीएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button