समाचार

स्याङजामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

स्याङजाको हरिनास गाँउपालिका–३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल तनँहुको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ बर्षीय जय प्रकास साह रहेका छन् ।

हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनँहु जाँदै गरेको ग ११ प १५११ नम्बरको मोटरसाइकल अनियन्त्रीत भय सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button