रेडक्रस द्धारा रेडियो सराङकोट सम्मानित

जिल्ला रेडक्रस कास्की को ६० औ स्थापना दिवसको अवसरमा रेडियो सराङकोटलाई सेवा सम्मान गरीएको छ ।
कोरोना महामरीमा देखिएको रगत अभावलाई मध्यनजर गदै रेडियाले पोखरामा घुम्ती रत्तदान गरेको थियो ।
रेडियोले बार्षिक रुपमा रत्तदान तथा अन्य समाजिक कार्यहरु गदै आएको छ ।
कार्यक्रममा रत्तदान संङलनमा योगदान सम्मान आकस्मीक रत्तदाता समुहका ब्यवस्थापक हरिश्चन्द्र शर्मा ,स्वयमेवी रत्तदाता समुह, उत्कृष्ट बर्ष कर्मचारी रत्त संचार केन्द्र का ब्यवस्थापक अर्जुन ज्ञवाली , लायन्स कल्व , पूर्व कोषाध्यक्ष मदनकाजी श्रेष्ठ लगायत सहयोगीहरुलाई सम्मान गरीएको थियो ।
कार्यक्रम को शुभारम्भ गदै जिल्ला अदालत कास्कीका न्यायाधिस प्रकास खरेलले समाजिक कार्यमा रेडक्रसको भुमिका महत्वपुर्ण रहेको बताए ।
रेडक्रस कास्की का सभापति डोलराज पाण्डे को सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेश रेडक्रमका सभापति सुर्य प्रसाद ढकाल पुर्व सभापति गेहेन्दश्वर कोइराला , पूर्व कोषाध्यक्ष मदनकाजी श्रेष्ठ , जाल्पा सामुदायिक वित्त संस्थाका अध्यक्ष विर बहादुर अधिकारी,उप सभापति कृष्ण तिमिल्सीना , लायन्स ३२५ प का गर्भनर राजेन्द्र वाटाजु , स्वास्थ्य संयोजक डण्डराज शर्मा , मन्त्री धर्मराज अधिकारी,उपमन्त्री उर्मिला खड्का लगायले आ आफ्नो धाराणा राखेका थिए ।
कार्यक्रममा रत्त संचार केन्द्र को भवन निमार्ण सहयोग का लागि लाल्पा सामुदायिक वित्तसंस्था बाट १ लाख र ताल बराही आरती समुहबाट १ लाख १० हजार सहयोग गरेका थिए ।
Photo: parichaya