समाचार

गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय पुरुष पक्राउ

गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको इश्मा गाउँपालिका- ४ नयाँपोखराकी ६५ वर्षीय वृद्धालाई सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर सार्कीले घरमा एक्लै भएको मौका छोपी भदौ १३ गते साँझ करिब ६ बजे जवरजस्ती करणी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

फरार रहेका सार्कीलाई खोजतलास गर्दा गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।

उनलाई प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button