headlines

स्याङ्जाली सदनद्वारा रक्तदान

पोखरा ९, भाद्र
स्याङ्जाली सम्पर्क सदन पोखराद्वारा रक्तदान गरिएको छ । सदनले वार्षिक कार्यक्रम र सामाजिक उत्तरदायित्वका लागी रक्तदान गरिएको महासचिव जिवबहादुर थापाले बताए । कार्यक्रमको शुभारम्भ गर्दै रेडक्रस कास्कीका सभापति डोलराज पाण्डेले रक्तदाताको आत्मस्तरोन्नती र सम्मानको लागी रक्तदान महत्वपूर्ण रहेको बताए ।
प्रदेश सरकारले निशुल्क रगत व्यवस्थाले रक्तदाताको सम्मा भएको र पोखरामा वार्षिक रुपमा ४०० भन्दा बढी संघसंस्थाद्वारा २६ हजार प्वाइन्ट रगत संकलन हुने गरेको बताए । पहिलो रक्तदाता कार्यक्रम संयोजक जगतबन्धु पोखरेललाई ब्लडव्याग हस्ताण्तरण गरी कार्यक्रम शुभारम्भ गरिएको बताए ।

कार्यक्रम रक्तदान अभियन्ता एवं सराङ्गकोट बहुउद्देश्यी सहकारीका अध्यक्ष कृष्णबहादुर थापाले रक्तदान जिवन उपयोगी, मानवीय कार्यमा तिन महिनामा एक वटक १६ वर्ष पुरा भएको व्यक्तिले रक्तदान गर्नुपर्ने बताए । सदनका अध्यक्ष तारा गौतम सुनारको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ, सल्लाहकार प्रा.डा. दिलबहादुर क्षत्री, प्रा.डा. ज्ञानबहादुर कार्की, महेन्द्रप्रसाद पौडेल, श्यामप्रसाद रेग्मी, अभियन्ता नेत्र ढकाल, पूर्व अध्यक्ष लीला प्रसाद पंगेनी, वरिष्ठ उपाध्यक्ष धर्मराज अर्याल, महासचिव शिव बहादुर थापा, सचिव रुक्मांगत भण्डारी लगायतले आ आफ्नो धारणा राखेका थिए । ३३ प्वाइन्ट रगत संकलन भएको कार्यक्रममा वरिष्ठ प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले ६० औँ पटक रक्तदान गरेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button