सराङ्गकोटको तिज विशेष तथा समिक्षा कार्यक्रम

तिज पर्व २०७९ को अवसरमा सराङ्गकोट बहुउद्देश्यीय सहकारी तथा रेडियो सराङ्गकोट द्घारा तिज विशेष तथा वार्षिक समिक्षा कार्यक्रम गरेको छ ।
तिज पर्वलाई महिलाको मुख्य पर्वको रुपमा लिई क्षमता अभिवृद्घि गराई शुभकामना दिने उद्देश्यले पोखरामा कार्यरत महिला पत्रकार संस्थाका महिला सदस्यहरु विच मैत्री पुर्ण विविध सम्मान कार्यक्रम गरिएको थियो । सो कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले नेपालको संविधान, कानुनमा सम्पूर्ण रुपमा महिला अधिकारको पूर्ण व्यवस्था रहेतापनी राजनितीक इच्छा अनुसार व्याख्या भएकोमा आम महिला सचेत रहनुपर्ने वताइन । कार्यक्रममा कास्कीमा क्रियाशिल महिला पत्रकारहरु सरिता तिमिल्सीना , जमुना शर्मा , कविता श्रेष्ट र कञ्चन थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सीना , महासंघ कास्कीका उपाध्यक्ष जमुना शमाले नेतृत्व क्षमता विकासमा महिला सञ्चार कार्मी लाग्नु पर्ने बताइन् । संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले संस्थाले स्थापना देखी महिलाको सहभागिता सकृय उत्साजनक रहदै आएको बताए । संस्थाको हाल शेयर पुँजी ५ करोड ४७ लाख, जगेडा कोष ५१ लाख , बचत ५० करोड १० लाख, संस्थाको कुल सम्पत्ती ६७ करोड, ऋण लगानी ५४ करोड , कुल सदस्य ५६१ जना रहेको छ । संस्थाले स्थापना देखी रेडियो सराङ्गकोटको सञ्चालन तथा बचत ऋण कारोबार तथा सामाजिक कार्यहरु गर्दै आएको छ ।
कार्यक्रममा पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी , सल्लाहाकारहरु अर्जुृन बहादुर बस्नेत, सोभियत बहादुर अधिकारी , इन्द्रकमल मानन्धर , दुर्गा बहादुर सुनार , लेखा संयोजक शिव बहादुर बानियाँ, उपाध्यक्ष बसन्त बहादुर बानियाँ, सचिव कुल प्रसाद सुवेदी , कोषाध्क्ष राममणी पौडेल , व्यवस्थापक सुरेन्दं्र थापा , ऋण संयोजक, रमेश कुमार थापा, महिला संयोजक माया कुमारी शर्मा , शिक्षा संयोजक जयराम पौडेल ,रेडियोका व्यवस्थापक योगन्द्र श्रेष्ट लगाएतले संस्थागत प्रतिवेदन राखेको थिए ।