समाचार

निर्वाचन सुरक्षामा प्रहरीलाई २५ सय साना हतियार अपुग

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि साना हतियार अपुग हुने भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागि ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताए । ‘अपुग हतियार सेनासँग सापट लिनेबारे छलफल भइरहेको छ’, उच्च अधिकारीले भने, ‘स्थानिय चुनावमा पनि हामीले सेनासँग लिएका थियौँ, यसपटक पनि सेनालाई प्रस्ताव गर्नेबारे छलफल भइरहेको छ ।’

नेपाली सेनामा हतियार सापट लिनुलाई ‘बालगिरी’ भनिन्छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रहरीले ७ सय भन्दा बढी पेस्तोल सेनासँग ‘बालगिरी’मा लिएको थियो ।

केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार प्रहरीले निर्वाचन सुरक्षा योजना बनाइरहेको छ । सामान्य, संवेदनशील र अतिसंवेदनशील मतदान स्थलमा प्रहरीको संख्या बराबर राख्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । सामान्य मतदान स्थलमा ३ प्रहरी ५ म्यादी, संवेदनशीलमा ३ प्रहरी ७ म्यादी र अति संवेदनशीलमा ३ प्रहरी ९ म्यादी प्रहरी राख्नेगरी छलफल भइरहेको प्रहरी प्रधान कार्यालयका अधिकृतले बताए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button