headlines

नेपाली कांग्रेसले प्रदीप गिरीको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय

नेपाली कांग्रेसले बौद्धिक नेता प्रदीप गिरीको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । आज (आइतबार) बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेता गिरीको शोकमा आजदेखि मंगलबारसम्म पार्टीको झण्डा झुकाउने निर्णय गरेको हो ।

यो निर्णय पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा लागू हुने बताइएको छ । साथै नेता गिरीको शोकमा सोमबार पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय बन्द राख्ने निर्णय समेत गरिएको छ । सबै कार्यालहरुमा १३ दिनसम्म शोकपुस्तिका राख्ने १६ गते सबै जिल्ला सहित केन्द्रमा शोक सभा गर्ने जनाइएको छ ।

घाँटीको क्यान्सरका कारण करिब एक महिनादेखि उपचार गराइरहेकै क्रममा नेता गिरीको शनिबार राति निधन भएको थियो । ७५ वर्षको उमेरमा निधन भएका गिरीको आज अन्त्येष्टि गरिँदै छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button