समाचार

संगम मार्ग टोल महिला समुहको अध्यक्षमा लामिछाने

पोखरा महानगर वार्ड नं ८र ९ को केन्द्रमा रहेको संघम मार्ग टोल महिला समुहको साधारण सभा तथा ९औ अधिबेशनले इन्दिरा लामिछानेको अध्यक्षमा कार्यसमिति निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्ष सुसिला श्रेष्ठ , सचिव रिता लामिछाने , सह सचिव गंगा अर्यल , कोषाध्यक्षमा लक्ष्मी कुवँर सदस्यहरुमा प्रवति लामिछाने , रजनी शार्मा, सिता लामिछाने ,इन्द्र श्रेष्ठ लक्ष्मी राना , सपना बि।क शान्ती लामिछाने , गंगा थापा सुनवार , सुनिता कुर्वर , लक्ष्मी वास्तोला निर्वतमान अध्यक्षमा लक्ष्मी त्रिपाठी बस्तोला रहेका छन् ।

सो अधिवेशन को शुभारम्भ गदै पोखरा महानगरपालिका उपप्रमुख मन्जु देबि गुरङले महानगर को विकासमा महिला समुहहरुको योगदान महत्वपूर्ण रहेकोले महानगरपालिकाको हरेक योजना हरुमा महिला सहभागिता लाई महत्व दिएको बताइन ।

कार्यक्रममा वार्ड नं ८ का अध्यक्ष रुद्र नाथ बरालले महिलाको क्षमता ,बिकासका लागि वार्ड स्तर बाट सहयोग रहने बताए ।
समुहका अध्यक्ष इन्दिरा लामिछाने को सभापतित्व मा भएको कार्यक्रममा सराङकोट बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष कृष्ण थापा , पूर्व वार्ड अध्यक्ष रामराज लामिछाने ,वार्ड नं ९ का सदस्य भावना श्रेष्ठ ,रेडियो सराङकोट का निर्देशक चिन्तामणि बास्तोला , संघम मार्ग टोल सस्था का अध्यक्ष ढाकाराम लामिछाने , पूर्व अध्यक्ष लक्ष्मी बास्तोला लगायतले आ अफ्नो धाराणा राखेको थिए ।
उपाध्यक्ष शुसिला श्रेष्ठ ,सचिव रिता लामिछाने , कोषाध्यक्ष लक्ष्मी कुवँर ले संस्थागत प्रतिबेदन राखेका थिए ।

कार्यक्रममा हरितालिका तिजको अवसरमा आन्तरिक तिज बिशेष प्रतियोगिता ,प्रतिभा घोषणा समेत राखिएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button