headlines

सामुदायिक पत्रकारिता सम्मान कुवँरलाइ

सामुदायिक सेवा एंव सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक द्धारा पोखरामा कृयाशील पत्रकार श्याम कुवँर लाई सामुदायिक पत्रकारिता सम्मान गरीएको छ ।

केन्द्रको २२ औ बार्षिक साधारण सभाको अवसरमा केन्द्रद्धारा स्थापित सम्मान गण्डकी प्रदेश सरकारका संचार मन्त्री विन्दु कुमार थापाले सम्मान गरेका थिए ।
पोखरामा पहिलो केन्द्रको रुपमा नेपाल प्रहरीको सहकार्यमा समुदाय र प्रहरीको सहकार्य अभियानले हाल कास्कीमा ७ वटा सेवा केन्द्रहरु रहेका छन् ।

केन्द्रका अध्यक्ष धर्मदत्त आचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रहरी नायव सुपरीक्षक श्रबण कुमार बि क, वार्ड नं ९ का अध्यक्ष दिपेन्द्र मरासिनी ,जिल्ला समन्वय कार्यवाहक अध्यक्ष भिम पराजुली ,जाल्पा देबी महिला उद्दार समुहका अध्यक्ष राधिका थापा ,लेखनाथ केन्द्रका अध्यक्ष त्रिलोचन लामिछाने, संस्थाका सलाहकार चिरन्जीवी श्रेष्ठ , पत्रकार श्याम कुवँर , वार्ड सदस्य भावना श्रेष्ठ , यमुना श्रेष्ठ लगायतले आ आफ्नो धाराणा राखेका थिए ।

कार्यक्रममा उपाध्यक्ष कमल बहादुर श्रेष्ठले स्वागत ,सचिव उत्तम जोसीले संस्थागत प्रतिवेदन, कोषध्यक्ष तीर्थ र्शमा ढकालले आर्थिक प्रतिवेदन राखेका थिए ।
केन्द्रले सामुदायिक कोष मार्फत १५ जनालाई छात्रबृदि बितरण गरीएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button