headlines

बाबुरामसँगै वामदेवलाई पनि चुनाव चिह्न दिने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ। मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका आमन्त्रित स्थायी समिति पेशल खतिवडाका अनुसार भट्टराईलाई पार्टीको चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लड्न दिने औपचारिक निर्णय भएको छ । तर, वामदेवको हकमा चुनाव चिह्न दिएपनि कहाँबाट लड्ने भन्नेबारे चाहिँ गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको छ ।

‘वामदेवजी हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्न तयार हुनुहुन्छ । उहाँले तपाईंहरुको पार्टीको चुनाव चिह्नमा लड्छु भन्नु भएपछि हामीले चुनाव चिह्न दिने निर्णय गर्‍यौँ’ खतिवडाले भने,‘उहाँ (वामदेव)ले बर्दियाबाट नभइ प्यूठानमै चुनाव लड्छु भनेपछि गठबन्धनमा अप्ठ्यारो भयो । प्यूठानबाहेक अन्त चुनाव लड्दिनँ भन्ने भएपछि गठबन्धनमा छलफल गरेर मात्रै टुंग्याउनु पर्नेछ ।’

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button