समाचार

भारतीय स्वतन्त्रता दिवस कार्यक्रम पोखरामा

नेपालको छिमेकी देश भारतको ७६ औ स्वतन्त्रता दिवसको अवसर पारी पोखरामा विविध कार्यक्रम गरीएको छ ।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय पेन्सन वितरण क्याम्प पोखरामा कार्यरत उत्कृष्ट कर्मचारीतर्फ भरत भुषण पाण्डे , डोल बहादुर थापा , तिर्थ प्रसाद दंगाल ,रोसन गिरी, दुर्गा प्रसाद सुवेदी , प्रेम बहादुर गुरुङ ,बिना थापा ,कृष्ण बहादुर पोरे लाई कार्यलयका प्रमुख कर्णेल शशाक त्रिपाठीले सम्मान गर्नु भएको थियो ।

सम्मान गदै नेपाल भारत सम्मबन्ध रगतमा रहेको र नेपाली भू.पू . को वलिदानको कारण भारत स्वतन्त्र रहेको मा प्रशंसा ब्यक्त गर्नुभएको थियो ।
नेपाल र भारतको सम्मबन्ध विश्वमा उदारणीय रहेको बताउदै ,प्रमुख त्रिपाठीले सेवा निवृत भू.पू हरुको सेवा सुविधा लाई भारत सरकारले उच्च मुल्याङकनमा राखेको बताए ।

नेपाल भारतमैत्री बिधालयका बिधार्थी हरुबाट नेपाली र भारतीय प्रस्तुती राखेका थिए ।
कार्यक्रममा पोखराका शिक्षा , समाजिक क्षेत्र का विशेष ब्यत्तिहरुको सहभागिता रहेको थियो

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button