समाचार

पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि,दुईको मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७१२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार २९० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय १९ जना र २ हजार ४२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५७ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ७७५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८४ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ११ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७४ हजार ८०६ पुगेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button