समाचार

कर्णाली करिडोरमा सडक खन्दा भिरबाट लडेर सैनिकको ज्यान गयाे, एक जना घाइते

कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर ज्यान गएकाे छ ।

नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको ज्यान गएकाे हाे । कर्णाली करिडोर निर्माणका क्रममा भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा लामिछाने हिजाे चिप्लिएर लड्नुभएकाे थियाे ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछाने भिरबाट झन्डै एक सय मिटर तल खस्नुभएकाे हाे । भिरबाट लडेर अर्का एक जना घाइते भएका छन् ।

लामिछानेसँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको ज्यान गएको प्रजिअ परियारको भनाइ छ । लामिछानेको शव हेलिकप्टरमार्फत बिहीवार नै सुर्खेत लगिएको छ । टाउकोमा चोट लागेर घाइते भएका विष्टको नेपालगञ्जमा रहेकाे सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button