headlines

महान्यायाधिवक्ता खातीलाई तत्काल निलम्बन गर्न सांसद बस्नेतको अनुरोध

नेकपा (एमाले)का सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष अनुरोध गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगी कामहरु गरेको आरोप लगाए ।

उनले भने, ‘नेपाल सरकारको महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बसेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्ने यस्ता विवादित, यस्ता फटाहा, यस्ता ठग, यस्ता अपराधी व्यक्तिहरु कुनै हालतमा राख्नुहुन्न र तत्काल प्रधानमन्त्रीले खम्बबहादुर खातीजीलाई निलम्बन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु । हार्दिक माग गर्न चाहन्छु ।’

सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भएपनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनस्र्थापना गर्ने सम्बन्धमा उदासीनता देखाएको बताए । उनले यस सम्बन्धमा सरकारले संसदमा आएर जवाफ दिनुपर्ने माग पनि गरे ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button