अर्थसमाचार

मुद्रण उद्योग महासंघको टोली भिमादको पाथर्दी सामुदायिक होमस्टेमा

पोखरा । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको टोली शुक्रबार साँझ तनहुँको पाथर्दी सामुदायिक होमस्टेमा पुगेको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन र संघका सदस्यबीच भाइचारा सम्बन्ध प्रगाढ बनाउने उद्देश्य अनुरुप संघको टोली तनहुँ भिमाद नगरपालिका वडा नं ९ मा चार वर्ष अघि सञ्चालित पाथर्दी सामुदायिक होमस्टे पुगेको हो ।

महासंघ गण्डकीका अध्यक्ष वसन्त बास्तोलाको नेतृत्वमा संघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मी, महासचिव कमल पोखरेलका साथै गण्डकी प्रदेश समिति, कास्की, तनहुँसहित विभिन्न जिल्लाका प्रतिनिधि गरी ७० जनाको टोली होमस्टेमा पुगेको हो ।

महासंघको टोलीलाई पाथर्दी सामुदायिक होमस्टेका अध्यक्ष शिवबहादुर आलेसहितको टोलीद्वारा सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको थियो ।

महासंघ गण्डकी प्रदेश सदस्य गोविन्द सिग्देल संयोजक, धनश्याम गौतम र पुनम गुरुङ सदस्य रहेको समितिको व्यवस्थापनमा टोली होमस्टे पुगेको हो । कार्यक्रमका लागि मुद्रण उद्योग संघ तनहुँले संयोजन गरेको छ ।

महासंघका महासचिव मनोहर दाहालका अनुसार टोलीले शनिबार बिहान मुद्रण उद्योग संघमा देखिएका समस्याबारे गम्भीर छलफल र मुद्रण उद्योग संघ तनहुँका टोलीको पदस्थापन गर्ने कार्यक्रम छ । टोली शनिबार नै पोखरा फर्किने कार्यक्रम रहेको उनले बताए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button