समाचार

मुटुरोगीलाई सराङ्गकोट सहकारीको सहयोग

पोखरा, श्रावण, १२
सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाले मुटुरोगी जमुना मुड्करीलाई २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाका संस्थापक अध्यक्ष लोकबहादुर थापाको स्मृतिमा स्थापना गरिएको कोषमार्फत वर्षेनी सामाजिक सेवा कार्यहरु गरिदै आएको अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आर्थिक कारोबार र रेडियो सराङ्गकोट प्रशारण गरिदै आएको छ । पोखरा ८ फिर्के राधाकृष्ण मन्दिरमा बस्दै दैनिक ज्यालामजदुरी गर्दै आएकी मुड्करी केही वर्षदेखि मुटु फोक्सो रोगको कारण पिडीत रहदै आएकी थिइन् । केही दिन अघि स्थानीय द्वारा राहत उठाई हाल मणिपाल अस्पताल पोखराको मेडिकल वार्डमा उपचार गराउँदै आएकी मुड्करीलाई सहयोग गरिदिन संस्थाका पूर्व अध्यक्ष प्रेमबहादुर जि.सि.ले अनुरोध गरेका छन् । राहत सहयोग वितरण गर्दै सहकारी प्रशिक्षक भिम गुरुङ्गले सहकारीमार्फत सामाजिक कार्यहरु हुनु महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष राममणि पौडेल, सहकारी व्यवस्थापक क्लवका पूर्व अध्यक्ष मिलन ढकाल, कोषका सदस्य श्यामकृष्ण थापा, महिला समिति सदस्य राधिका थापा, व्यवस्थापक सुरेन्द्र थापा, रेडियो सराङ्गकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगायतले मुड्करीको स्वास्थ्य लाभको कामना सहित सहयोगका लागी अपिल गरेका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button