headlines

प्रहरीले छानबिन समितिलाई बुझायो सीसीटीभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट

बजेट निर्माण गर्दा बिचौलिया घुसाइएको प्रकरणबारे अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईले प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले समितिलाई उक्त रिपोर्ट बुझाएको बताएका हुन् ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयबाट सीसीटीभी फुटेज माग गर्दा फुटेज डिलिट भएको मन्त्रालयले जवाफ दिएको थियो । त्यसपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो ।

समितिलाई अर्थमन्त्रीमाथि अनुसन्धानका लागि सुरुमा १० दिनको समय दिइए पनि उक्त समयमा समितिले रिपोर्ट बुझाउन सकेको थिएन । त्यसपछि समितिलाई पुनः अनुसन्धान गर्नका लागि ५ साउनमा एक साताका लागि म्याद थप गरिएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button