headlines

सामाजिक विकास महाशाखाद्वारा अपांग परिचयपत्र वितरण सुरु

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाद्वारा अपांग परिचयपत्र वितरण सुरु गरेको छ ।

तीन महिनादेखि स्थगित परिचयपत्र वितरणको सुरुवात आज गरिएको र अब हरेक महिनाको अन्तिम मंगलबार परिचयपत्र वितरण गरिने सामाजिक महाशाखा प्रमुख निर्मला शर्माले जानकारी दिनुभयो ।

अपांग परिचयपत्र वितरणका लागि महानगरका उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ११ सदस्यीय समिति रहेकोछ ।समितिमा अपांगता भएका क्षेत्रका ब्यत्ति, कार्यपालिका सदस्य, चिकित्सक र सामाजिक विकास महाशाखाका अधिकृत समितिको सदस्य रहने व्यवस्था रहेको छ ।

स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि परिचयपत्र वितरण समितिले हालै पूर्णता पाएको छ ।समितिले पूर्णता पाएसंगै बिहीबार पहिलो बैठकले परिचयपत्र वितरणको काम सुरु भएको हो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button