संसदीय विशेष छानबिन समितिलाई बयान दिन जनार्दन शर्मा सिंहदरबारमा
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति बोलाएर करको दर हेरफेरको गरेको आरोप लागेका जनार्दन शर्मा संसदीय विशेष छानबिन समितिलाई बयान दिन सिंहदरबार पुगेका छन् ।
समितिको बुधबार बसको बैठकले पूर्वअर्थमन्त्री शर्मालाई आज बयानको लागि बोलाएको थियो । आज समितिको बैठक सुरु भएसँगै
पूर्वअर्थमन्त्री शर्मा सिंहदरबार पुगेका हुन । उनी पनि समितिको बैठकमा सहभागी भएका छन् । समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् ।
बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल समितिले छलफल गरेको थियो । त्यस्तै बुधबार नै अर्थसचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुंगानासँग छलफल गरेको थियो ।
शर्मामाथि आर्थिक वर्ष २०७९र०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गरेको आरोप लागेको छ ।
उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । आज समिति गठन गरिएको १० दिन पूरा भएको छ ।
समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।