समाचार

नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी नै खुल्यो

काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी नै खुलेको छ ।

बिहान पात्लेवनमा ठूलो ढुङ्गा खस्दा एक लेनमा मात्रै गाडी चलाइएको थियो । सडकबाट ढुङ्गा हटाएपछि अहिले सडक दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ ।

नागढुङ्गा–नौबिसे सडक खण्ड खुले पनि नुवाकोटको तीनपिप्ले–पाँचमाने सडक खण्ड भने बन्द नै छ । यो सडक खण्डमा पनि बिहान ढुङ्गा खसेपछि अवरुद्ध भएको हो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button