समाचार

छात्रालाई दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड, भित्री वस्त्रसमेत खोल्न लगाएको आरोप

हेटौंडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका दुई जना छात्रा विद्यार्थीमाथि दुर्व्यवहार भएको भन्दै तोडफोड भएको छ।

हिजो मंगलबार बिएड दोस्रो वर्षको परिक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुईजना छात्राले चिट ल्याएको हुनसक्ने भन्दै परिक्षण गर्ने क्रममा भित्र वस्त्रसमेत खोल्न लगाएको भन्दै क्याम्पसमा तोडफोड गरिएको हो।

विभिन्न विद्यार्थी संगठनसहित पुगेको समूहले यतिबेला क्याम्पसमा नारा लगाइरहेको छ भने क्याम्पस भवनको झ्यालको सिसा फुटाएको छ । आक्रोशित बनेका विद्यार्थी समूहले दुव्र्यवहार गर्नेलाई कारवाही गर्न माग गर्दै ढुंगा हानेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

परिक्षा दिन पुगेका पीडित विद्यार्थीले आफु महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको आरोप लगाएका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button