समाचार

मनसुन फेरि सक्रिय, अबको तीन दिन धेरै ठाउँमा पानी पर्ने

मौसमविद्हरूले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन्। उनीहरूले केही दिनयता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन्।

जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागमा तापक्रम बढेर अत्यधिक गर्मी हुनु स्वाभाविक रहेको बताइन्। उनले मनसुन न्यूनचापीय रेखा १र२ दिनभित्रमै माथि आउने र वर्षा हुन शुरु हुनासाथ गर्मी हटेर जाने बताइन्।

‘देशको विभिन्न भागमा तापक्रम बढेको, अत्यधिक गर्मीको जुन अनुभव गरिएको छ, यो मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ। यो दुईवटा लगभग रिलेटेड जस्तै भन्नुपर्छु, उनले भनिन्, ुवर्षा हुने बित्तिकै शीतल हुने, पानी नपर्ने लामै जस्तो भएको भएर पनि गर्मी बढ्यो। १र२ दिनमै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदा हाम्रोतिर मनसुन ट्रफ आउँछ। मनसुन न्यूनचापीय रेखा माथि आउने बित्तिकै हाम्रोमा पनि वर्षा हुन्छ।’

मौसमविद् पोखरेलले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन्। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन्।

उनले भनिन्, ‘मधेश प्रदेश, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सरदरभन्दा बढी नै वर्षा देखिएको छ। लुम्बिनी प्रदेशको बर्दिया र सँगसँगै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सरदरभन्दा कम नै वर्षा देखिएको छ। अहिलेसम्मको स्थितिमा।’

उनले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरूमा ध्यान दिन आग्रह गरिन्।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button