समाचार

स्टार डायग्नोष्टिक सेन्टरमा पाठेघरको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम

स्टार डायग्नोष्टिक सेन्टर प्रा.लि.ले प्रथम स्थापना दिवसको अवसरमा पाठेघरको क्यान्सरसम्वन्धी परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा गण्डकी हस्पिटलका प्रयाेगशाला प्रमुख डा लक्ष्मण बास्ताेलाले परामर्श दिएका थिए । उनले राेग लाग्नुभन्दा पहिल्यै कसरी सचेत हुने साथै राेग लागिहाले पनि यसकाे लक्षण, समस्या तथा समाधानका उपायहरु लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।          परामर्श तथा सचेतना कार्यक्रममा रामघाट आमा समूहका महिलाहरु लगायत अन्य महिलाहरु गरि करिव एक सय जनाकाे सहभागिता रहेकाे थियाे ।

प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले सामाजिक उत्तरदायित्व वहन गर्न गरिएका यस्ता कार्यक्रमहरुले स्वास्थ्यका लागि ठुलो सहयोग पुर्याउनुका साथै आम जनसमुदायको स्वास्थ्यसँग जोडिएको संवेदनशिल विषयलाई ध्यान दिएको खण्डमा धेरै महिलाहरुलाई राहत मिल्ने बताउँदै संस्थाको सेवामा गुणस्तरीयता हुनुपर्नेमा जोड दिईन् ।

स्टार डायग्नोष्टिक सेन्टर प्रा.लि.सल्लाहाकार प्रा.डा.विष्णुराज तिवारीले महिलामा हुने पाठेघरको क्यान्सरबाट कसरी बच्ने भन्ने बारेमा जान्न आवश्यक रहेको उल्लेख गर्दै यो सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताए । स्टार डायग्नोष्टिक सेन्टरले प्रथम स्थापना दिवसको अवसरमा साउन महिनाभरि सुगरको निःशुल्क परिक्षण गराउनुका साथै थाईराइड, भिटामिन डि र भिटामिन बि १२ मा पचास प्रतिशत छुट दिने भएको छ । साथै प्रयोगशालामा अन्य परीक्षण गरेको खण्डमा पनि ४० प्रतिशत छुट हुने संस्थाले जनाएको छ ।

दुई करोडको लगानीमा सञ्चालनमा आएको संस्थाले एक वर्षको अवधिमा करिव १५ हजार जनालाई सेवा प्रदान गरेको छ । स्टार डायग्नोष्टिक सेन्टर प्रा.लि.का अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रयोगशाला इन्चार्ज तथा संस्थाका सञ्चालक समितिका सदस्य सुनिता लम्साल र सञ्चालन सेयर सदस्य नेत्र ढकालले गरेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button