समाचार

गोरखामा मोटरसाइकल र बलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु

गोरखाको अजिरकोट गाउँपालिका–३ मा आज मोटरसाइकल र बलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अजिरकोट गाउँपालिका–२ बस्ने २३ वर्षीया मेलिना गुरुङ रहेकी छन् । उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय मनराज गुरुङको उपचार भइरहेको छ । भच्चेकबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००३ प ४८१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बलेरो जिप आज बिहान पौने ८ बजे ठोक्किएका थिए।

दुबै सवारी साधन सहित बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button