समाचार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

भारतीय आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट नेपाल आयल निगमलाई मूल्य घटाएर पठाइएको हो।

शनिबार आएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ।

नेपाल आयल निगमले भने बिक्री गर्ने मूल्यमा अहिलेसम्म फेरबदल गरेको छैन।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button