जय नेपाल शब्द पार्टी बिशेष नगराउ

क्षत्री समाज नेपालका केन्दीय अध्यक्ष प्रा. डा. दिल वहादुर क्षत्रीले राष्ट्र राष्ट्रियता बलियो बनाउन जय नेपालको प्रयोग आम नेपाली सबैले प्रयोग गनु पर्ने तथा आम जाती समुदायको संस्कृती बचाउन जातीय सदभाव कायम गाराउन समाज सदैव सकृय रहने बताए ।
पोखरा १४ शुभकामना मार्गमा निमार्ण गरीन लागीएको बहुउद्देश्यीय भवनको केन्दीय अध्यक्ष प्रा. डा. क्षत्री ,केन्दीय उपाधक्ष्य कृष्ण बहादुर थापा , वार्ड अध्यक्ष बोध बहादुर कार्की , जिल्ला अध्यक्ष पदम बहादुर कार्की द्धारा संयुत रुपमा पुजा गरी निमार्ण कार्यको शुभारम्भ गरीएको थियो ।
स्वर्गीय देवी वहादुर के.सी स्वर्गीय खिम बहादुर कुवँर परिवारले तिरो भर संरक्षण गदै आएको जग्गामा समाजले बहुउद्देश्यीय भवन ,निमार्ण शुरुवात संगै क्रिया पुत्री भवन निमार्ण गरीएको समाजका बष्रिठ सल्लाहकार जेवी कुवँरले बताए ।
२ तलाको सुविधा सम्पन्न बहुउद्देश्यीय भवन निमार्ण गर्न २ करोड ५० लाख लागत रहने अध्यक्ष मोति बहादुर बानियाले बताए । कार्यक्रममा वार्ड नं १४ का अध्यक्ष बोध बहादुर कार्की जिल्ला अध्यक्ष पदम बहादुर कार्की , सल्लाहकार जेवी कुवँर, नगर सदस्य शंकर देबी पौडेल , उपाधक्ष्य जुना क्षेत्री ,अधिवक्ता ,बोधराज बराल , सचिव रामजी के.सी ,हरी के.सी लगायतले आ आफ्नो धारणा राखेका थिए । भवन निमार्णका लागी समाजका र्पूव केन्द्रीय सदस्य माया बरालले २१ हजार सहयोग गर्ने बताइन ।