समाचार

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

बिहीबार चट्याङ लागेर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पाको मृत्यु भएको हो।

मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा सामान्य घाइते भएका हुन्।

घाइते दुवै स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button