समाचार

अध्यक्ष दाहाल तीनदिने भ्रमणलाइ लिएर उत्साहित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तीनदिने भारत भ्रमणले आफू उत्साहित रहेको बताएका छन्।

शुक्रबार भारत भ्रमणमा जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग उनले भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालयसँग परामर्श लिएको बताए।

नेपाल र नेपाली जनताको हितलाई केन्द्रबिन्दुमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो कसरी बनाउने भन्ने विषयमा मेरो मुख्य रूपमा भारत सरकारका प्रतिनिधि र भारतीय जनता पार्टीका नेताहरूसँग कुरा हुने उनले बताए।

अध्यक्ष दाहालले नेपाल–भारत सीमा समस्याको सम्बन्धमा कूटनीतिक संवादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने विषयमा छलफल हुने जानकारी दिए।

नेपालको विकासका लागि द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने, व्यापार सन्तुलनलाई कम गर्ने लगायतको विषयमा पनि छलफल हुने उनको भनाइ छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button