समाचार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।सोमबार सुरु भएको बैठकमा समसामयिक विषयमा केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्।

बुधवारको बैठकमा बोल्ने सदस्यहरुले सरकारबाट सन्तोषजनक काम नभएको आरोप लगाएका थिए। केन्द्रीय सदस्यले गठबन्धनको औचित्य, सरकारका काम र पार्टी नेतृत्वकै कामका विषयमा प्रश्न उठाएपछि पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूले बिहीबार जवाफ दिने तयारी गरेका छन्।

जारी केन्द्रीय कार्य समिति बैठकमा पार्टीका विभिन्न भ्रातृ र शुभेच्छुक संस्थाहरूको विधान, स्थानीय निर्वाचनको समीक्षा, आगामी संघ र प्रदेशसभा निर्वाचनको तयारी, आगामी निर्वाचनमा गठबन्धनको औचित्य लगायतका विषयमा छलफल गर्ने र सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button