समाचार
प्रजातन्त्र सेनानी खत्रीको निधन

पोखरा २० भलाम निवासी प्रजातन्त्र सेनानी क्याप्टेन गंगाबहादुर खत्रीको ८६ बर्षको उमेरमा निधन भएको छ ।
स्व.खत्री ३१ बर्ष भारतीय सेनामा कार्यरत रहदै गौरखाली सेनाको क्याप्टेन बाट अवकाश प्राप्त पछि नेपाली काग्रेस भुपु सङ्गठनमा सकृय तथा नेपालको विभिन्न आन्दोलनमा नेतृत्वदायी भुमिका रहेको खत्रीले भलामको समग्र सामाजिक कार्यमा नेतृत्व गरेका थिए ।
स्व. खत्रीलाई नेपाली कांगे्रसद्धारा प्रजातन्त्र सेनानी पद,भारत सरकारको विभिन्न बहादुरी पदकहरुबाट सम्मान तथा विभिन्न संङ संस्थाहरुद्धारा सम्मानित हुनुभएको थियो ।
भलाम क्षेत्रको शिक्षा ,स्वास्थय ,बाटो निमार्णमा योगदान सहित नेतृत्व गरेका खत्री सबैका लोकप्रिय अभिभावक रहनु भएको थियो ।
खत्रीका दुई श्रीमती चार छोरा र तिन छोरी रहेका छन् ।