समाचार

बाजुरा बुढीगंगा नगरको मेयर र उपमेयर दुवैमा एमाले विजयी

बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का ९कुँवर० विजयी भएका छन् । मेयरमा विजयी बानियाँले चार हजार सात सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रङ्गबहादुर खाती तीन हजार सात सय ७४ मत ल्याएर पराजित भएका छन् ।

यसैगरी, उपमेयरमा विजयी एमाले उम्मेदवार कुँवरले चार हजार सात सय २७ मत ल्याउँदा प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रिता शाही ९शाह० तीन हजार सात सय ५५ मत ल्याएर पराजित भएकी छन् । १० वडा रहेको बुढीगंगा नगरपालिकामा सात वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसले तीन वडा जितेको छ ।

वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ४, ७ र ८ मा काँग्रेस विजयी भएको छ । बुढीगंगा नगरपालिका–१ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा, २ मा पदमबहादुर भण्डारी, ३ मा खडकबहादुर अधिकारी, ५ मा चक्रबहादुर थापा, ६ मा हेमराज जैसी, ९ मा मीनबहादुर सिंह र १० दलबहादुर साउद विजयी भएका छन् ।

नेपाली काँग्रेसका तर्फबाट वडा नम्बर–४ मा मीनबहादुर शाह, ७ मा भुवनसिहं केसी र ८ मा रमेशबहादुर रावल विजयी भएका छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा दोस्रो पटक निर्वाचन गरेको हो । दोस्रो पटक भएको निर्वाचनमा नौ हजार एक सय २८ मत ६६ दशमलव ८३ प्रतिशत मत खेसेको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button