समाचार

चितवनमा बसले किच्दा सह चालकको मृत्यु,बस चालक प्रहरीको नियन्त्रणमा

चितवनमा आइतबार बिहान बसले किच्दा सह चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बसले किच्दा भरतपुर महानगरपालिका २४ बस्ने २१ बर्षीय सुरज नेपालीको मृत्यु भएको हो ।

बस बिग्री उक्त बसको चालक र सह–चालकले बस मर्मत् गरिरहको अवस्थामा बस चालकले बस स्टार्ट गरि बस अगाडि बढाउने क्रममा बसको मुनि रहेका सह चालकको मृत्यु भएको हो ।

अचानक बसले किच्दा उनी गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बस र बस चालक भरतपुर महानगरपालिका २७ बस्ने ४२ बर्षीय राज कुमार गुरुङ चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button