समाचार
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका(१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका(२६ ठमेलस्थित होटलमा नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।