विश्व

कतारमा कोरोना सङ्क्रमण नियन्त्रण गर्न मापदण्डमा कडाइ, व्यावसायिक क्षेत्रमा अनिवार्य मास्क

पछिल्लो समय कतारमा कोरोना बढ्न थालेको भन्दै त्यहाँको सरकारले संक्रमण नियन्त्रण गर्न मापदण्डमा कडाइ गरेको छ ।

आजदेखि लागू हुने गरि व्यावसायिक क्षेत्रमा मास्कको प्रयोगलाई अनिवार्य गरेको छ । शपिङ मल, रेस्टुरेन्ट, होलसेल मार्केट, शैलुन, जिम, मनोरञ्जन क्षेत्र, प्रदर्शनी क्षेत्रमा मास्कको प्रयोगलाई अनिवार्य गरेको हो ।

त्यहाँको उद्योग तथा वाणिज्य मन्त्रालयले सरकारका निर्देशनको पालना गर्न सबै व्यावसायिक क्षेत्रहरुलाई निर्देशन दिएको छ । मापदण्डको उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने भन्दै मन्त्रालयले चेतावनीसमेत दिएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button