समाचार

पश्चिमाञ्चल सहकारीद्वारा रक्तदान

पोखरा, २, असार
पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाको २० औँ स्थापना दिवसको अवसरमा रक्तदान सम्पन्न भएको छ । वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले रक्तदाता संस्थाका सचिव मिलन श्रेष्ठ र ७० औँ पटक रक्तदान गर्ने कृष्ण बहादुर थापालाई ब्लड व्याग हस्ताण्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । वडाभित्र रहेका संघसंस्थासँग सहकार्य गर्दै सामाजिक स्वास्थ्यमूलक कार्यक्रम गर्दै जाने बताए ।
कार्यक्रममा सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले सहकारीमार्फत सामाजिक उत्तरदायित्वका रचनात्मक कार्यक्रमहरु हुनु महत्वपूर्ण रहेको बताए ।
संस्थाका सल्लाहकार प्रा.डा.टुमाया घलेले रक्तदानको महत्वका बारेमा आम समुदायले बुझ्नुपर्ने बताईन् । संस्थाका अध्यक्ष हरिप्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष अर्जुन प्रसमद ज्ञवाली, आकस्मिक रक्तदाता समूहका व्यवस्थापक नेत्र ढकाल, वडा सदस्य नन्दराम गिरी, संस्थाका कोषाध्यक्ष डा.छममाया पुन, सहसचिव महेश ज्ञवाली लगायतले आ आफ्नो धारणा राखेका थिए । वि.सं. २०५८ मा स्थापित सहकारीले आम समुदायको सामुदायिक अस्पताल सञ्चालन सहित बचत तथा ऋण मार्फत १४ करोडको कुल कारोवार गर्दै आएको सचिव मिलन श्रेष्ठले बताए ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button