समाचार

रुपा गाउँपालिका अध्यक्षमा एक महिलासहित तीनको उम्मेदवारी

स्थानीय तहको निर्वाचनमा रुपा गाउँपालिकाको अध्यक्षमा एक महिलासहित तीन जनाले उम्मेदवारी दिनुभएको छ । तीन पार्टीका अध्यक्षमध्ये नेपाली कांग्रेसको तर्फबाट महिला उम्मेदवार गिमाया गुरुङले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी एमालेको तर्फबाट नवराज ओझा, राष्ट्रिय जनमोचाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको रुपा गाउँपालिका निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार रुपाको उपाध्यक्षमा ५ पार्टीका ३ पुरुष र २ महिलासहित ५ जनाले उम्मेदवारी दिनुभएको छ ।

रुपामा एमालेको तर्फबाट लालसुबा गुरुङ, कांग्रेसका नारायणकुमार श्रेष्ठ, माओवादी केन्द्रका नवराज बराल, नेकपा एसका कपिल पौडेल र राष्ट्रिय जनमोर्चाकी शान्तिदेवी बोहोराले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार नवराज ओझा र उपाध्यक्ष लालसुबा गुरुङ यसअघिका सोही गाउँपालिकाका निर्वाचित प्रतिनिधि हुनुहुन्छ । रुपाको सबै पदमा ११७ जनाको उम्मेदवारी परेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button